FAQs Complain Problems

भलिबल खेलको फाइनलको केही दृष्यहरु ।

भलिबल खेलको फाइनलमा धनुषा विजयी!
छिन्नमस्ता गाउँपालिका द्वारा आयोजित प्रथम राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिताको आज फाइनल खेल धनुषा र मोरङ्ग बिच भएको थियो। जसमा धनुषा भलिबल टिमले ३-२ पोइन्ट ल्याएर विजयी प्राप्त गरेको हो। खेलको अध्यक्षता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी ज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव तथा विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष र सात वटै वडाका वडा अध्यक्षहरु, छिन्नमस्ता भगवती मन्दिरका पिठाधिश महाकान्त ठाकुर लगायतका व्यक्तिहरु रहेको थियो। खेलमा विभिन्न अतिथि, सामाजिक अभियन्ता, पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत २ हजार भन्दा बढी खेलप्रेमी दर्शक तथा आम जनसमुदायहरुको सहभागीता रहेको थियो। आजको खेल एकदमै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो जस कारण दर्शकहरुमा एकदमै  जोश र उर्जा थप भएको थियो। साथै दुबै टिमका खेलाडीहरुले दर्शकहरुको मन जित्न समेत सफल हुनुभएको थियो। 
- आजको खेलको विजेता, उप-विजेता र म्यान अफ द म्याचलाई गाउँपालिका अध्यक्ष, प्रमुख अतिथि र प्रमुख प्रशासकीय अधिकृत ले पुरस्कार, शिल्डकप र प्रमाणपत्र वितरण गर्नुभयो।
- भलिबल प्रतियोगिताको प्रथम विजेता धनुषा टिम लाई १ लाख १ हजार नगद पुरस्कार,शिल्डकप,मेडल सहित सम्पुर्ण खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरियो।
- त्यस्तै दोश्रो उप-विजेता मोरङ्ग टिमलाई ५१ हजार नगद पुरस्कार,शिल्डकप,मेडल सहित सम्पुर्ण खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरियो।
- साथै आजको भलिबल खेलको "म्यान अफ द म्याच" अमित यादवलाई ५ हजार एक सय रुपैयाँ नगद र मेडल सहित प्रमाणपत्र हस्तान्तरण गरेको थियो।

आर्थिक वर्ष:

जन प्रतिनिधि / कर्मचारी